रौतहटका पालिकामा १८ जना महिला प्रमुख पदका उम्मेदवार

रौतहटका पालिकामा १८ जना महिला प्रमुख पदका उम्मेदवार

रौतहट : गत स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशबाट एउटा मात्रै महिला मेयरले चुनाव जितेकि थिइन्। रौतहटको मौलापुर नगरपालिकाकी रीनाकुमारी साह प्रदेशमै एकसय ३६ वटा तहमा एक्ली प्रमुख थिइन्।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रौतहटमा मात्रै १८ जना महिलाहरु प्रमुखपदका उम्मेदवार छन्। जिल्लाको पाँच तहमा नेकपा एमालेले महिलालाई प्रमुख पदको उम्मेदवार बनाएको छ।

जिल्लाको मौलापुर नगरपालिकामा रीना कुमारी साह, माधवनारायणमा सिमल कुमारी साह, राजदेवीमा अंशु सिंह, राजपुरमा शर्मिला कोइराला र दुर्गाभगवती गाउँपालिकामा रिंकु कुमारीलाइ उम्मेदवार बनाएको छ। 

नेपाली कांग्रेसले इशनाथ नगरपालिकामा अंशु सिंहलाइ उम्मेदवार बनाएको छ भने लोसपाबाट कौशिल्या देवीलाई उठाएको छ। यस्तै जसपा नेपालले गौरमा किरण ठाकुर र फतुवा बिजयपुरमा ममता कुमारीलाई उठाएको छ। राप्रपा नेपालबाट गरुडामा मिनादेवी थारु र माधवनारायणबाट निर्मला कुमारी साह उम्मेदवार छन्।

राजदेवीका सिंह, गौरका ठाकुर, माधवनारायण साहका उम्मेदवार यसअघि उपमेयर पदमा थिए। जनमत पार्टीबाट परोहामा निर्मला पटेल उम्मेदवार छिन्। बहुजन शक्ती पार्टीबाट राजपुर नगरपालिकामा रम्भादेवी साह उम्मेदवार छिन्।
 
इशनाथ नगरपालिकामा मुरली देवी, गुजरामा इन्द्राकुमारी राम, माधवनारायणमा बिनीता देवी साह, मौलापुरमा साबित्री कुमारी झा, राजदेवीमा अनिता सिंह स्वतन्त्र उम्मेदवार छन्। उनीहरु अधिकाश डमी उम्मेदवार रहेको बताइन्छ।

मेयर पदका अधिकांश स्वतन्त्र उम्मेवारहरु घरदैलोमा देखिदैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.