मतदाता भन्छन् : दल होइन व्यक्ति हेरेर भोट दिन्छौं

मतदाता भन्छन् : दल होइन व्यक्ति हेरेर भोट दिन्छौं

परासी : प्रतापपुर गाउँपालिका–२ का जाकिर हुसेन मियाँ एक राजनीतिक दलमा आस्था राख्छन्। अहिलेको स्थानीय तह निर्वाचनमा भने दलभन्दा पनि व्यक्तिलाई हेरेर भोट दिने सोँचमा उनी छन्। तर कस्लाई भोट दिने भन्नेमा उनी अझै अन्यौलमा छन्। ‘छिमेककै घरका २-३ जना एउटै पदमा उठेका छन्। कस्लाई दिने भन्नेमा अन्यौलमा छु,’ उनले भने। भोट दिने अन्तिम दिनसम्म सोचेर दिने उनले सुनाए। 

गोपिगञ्जकी मायादेवी चौधरीले पनि अहिलेसम्म भोट कसलाई दिने भन्नेमा निर्णय गरिसकेकी छैनन्। ‘सबैजना आफ्ना जस्तै छन्। गाउँ टोलकै हुन्। ऊ हेर्‍यो राम्रै लाग्छ। अर्कोलाई हेर्‍यो उस्तै। आफूसँग भएको एउटा भोट कस्लाई दिने कस्लाई नदिने?’ दोधारे मन लगाउँदै उनले भनिन्। 

रामग्राम नगरपालिकाका दीपक शर्माको भने मियाँ र चौधरीको भन्दा फरक प्रतिकृया छ। उनले कुन उमेदवारलाई भोट दिने भन्नेमा निर्णय गरिसेका छन्। भोट दिने उमेदवार योभन्दा अघि चुनाव जितेका र नयाँ अनुहारका पनि रहेकाले विगतको कामको मूल्यांकन हेरेर भोट दिने सोचमा उनी छन्। ‘हिजो विकासदेखि अन्य समस्या परेको बेलामा कस्ले सहयोग गर्‍यो भन्नेमा बुझेका छौं। नयाँ आएकाको पनि आनीबानी थाहा छ। सबैलाई हेरेर भोट दिने उमेदवारबारे निर्णय गरिसकेको छु’, उनले सुनाए। सधैं दलको एउटै चिन्हमा भोट हालेका उनले अहिले भने फरक फरक चिन्हमा दिने बताए। 

जिल्लामा कुल २१ सय ९ जनाले उमेदवारी दिएका छन्। राजनीतिक दलबाट उठेका बाहेक सबैजसो पालिकामा स्वतन्त्र उमेदवारको संख्या पनि बढी नै छ। स्वतन्त्र उठ्नेमा कोही दलबाट टिकट नपाएर रुष्ट बनेका बागी छन्। केही पालिकामा राजनीतिक दलका उमेदवारभन्दा स्वतन्त्रको माहोल राम्रै देखिएको छ। घरदैलो कार्यक्रममा देखिएको जनलहरले केही स्थानमा स्वतन्त्र उमेदवारले पनि बाजी मार्न सक्ने मतदाताहरुको आँकलन छ। बाजी मार्न सक्ने आकलन गरिएकामा प्रमुख-उपप्रमुख नभए पनि वडाअध्यक्ष र सदस्यमा देखिएको मतदाताहरुले बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.