सुनवलका निर्वतमान मेयरले जम्मा गरे सुविधाबापतको साढे १८ लाख

सुनवलका निर्वतमान मेयरले जम्मा गरे सुविधाबापतको साढे १८ लाख

परासी : पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका निर्वतमान मेयर भीमबहादुर थापा(भरत) ले कार्यकाल अवधिभर पाएको तलब/भत्ता र अन्य सुविधाबापतको रकम नगरपालिकामा जम्मा गरेका छन्। मेयर पदमा निर्वाचित भए लगत्तै उनले आफूले नगरपालिकाबाट कुनै पनि सुविधा नलिने घोषणा गरेका थिए।
 
आफ्नो कार्यकालमा नगरपालिकामा भएका कामको प्रशंसा बटुलेका थापाले व्यक्तिगत लगानीबाट पनि अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका थिए। तलब/भत्ता र अन्य सुविधाबापत पाएको कुल १८ लाख ५१ हजार ४ सय २४ रुपैयाँ मेयर थापाले नगरपालिकाको संचीत कोष र दैविक प्रकोप उद्धार विषेश कोषमा जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले बताए।

जम्मा गरेको रकममा सेवा सुविधाबापतको १४ लाख ८६ हजार, दैनिक भ्रमण भत्ताबापतको १ लाख ४१ हजार ३ सय र बैठक भत्ताबापतको २ लाख २३ हजार रहेको नगरपालिकाले जनाएको छ। 

थापा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। पार्टीले अहिले मेयरको उमेदवारमा जिल्ला सभापति अर्जुनकुमार पोखरेललाई उठाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.