वीरगन्ज महानगरमा एमालेको शक्ति प्रदर्शन

वीरगन्ज महानगरमा एमालेको शक्ति प्रदर्शन

वीरगन्ज : बैशाख ३० गते हुने पालिका निर्वाचनलाइ लक्षितगरी वीरगन्ज महानगरमा मङगलबार नेकपा एमालेले शक्ति प्रदर्शन गरेको छ। महानगरको उपमेयरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संग चुनावी तालमेल गरेको एमालेले मङगलबार बृहत र्यालीसहितको रोड शो र चुनावीसभा गरेर शक्ति प्रदर्शन गरेको हो।

आदर्शनगरस्थित पुरानो बसपार्कबाटसुरु भएको एमालेको चुनावी रोड शो नगर परिक्रमापछि नगरपालिका चोकमा पुगेर चुनावी सभामा परिणत भएको थियो। 

वीरगन्जमा मेरो विकल्प छैन : सरावगी

चुनावीसभालाई सम्बोधन गर्दै महानगरमा एमालेका मेयर उम्मेदवार विजयकुमार सरावगीले वीरगन्जमा आजको दिनमा आफ्नो विकल्प नभएको बताए। उनले भने,‘वीरगन्जमा आजको दिनमा मेरो विकल्प कोही छैन किन कि विगतको कार्यकालमा मैले गरेको कामले नगरवासी सन्तुष्ट छन् , खुशी छन्।
 
संघ र प्रदेश सरकारको विभेदका बाबजुद पनि महानगरमा उपलब्ध सिमित श्रोत साधनको भरपुर सदुपयोग गरेर आफूले वीरगन्जको विकास र समृद्धिका लागि काम गरेको दाबी उनले गरे। सरावगीले भने,‘वीरगन्जलाई न त संघ सरकारले हेर्यो न त प्रदेश सरकारले नै, महानगरको जे जति साधन श्रोत थियो त्यसैबाट मैले सकेको जति काम गरे जसको मुल्यांकन अहिले जनताले गरिरहेका छन्।
 
विकास भनेको केवल सडक र नाला निर्माण मात्र नभई शिक्षा, स्वास्थ्य र समाज शक्तिकरण पनि विकासका सूचक भित्रपर्ने भन्दै सरावगीले भने,‘दुई दुई पटकको कोभिड महामारीमा वीरगन्जवासीको ज्यान जोगाउन वीरगन्ज महानगरपालिकाले देशभरमै उत्कृष्ट काम गरेको थियो, जसको देशविदेशमा प्रंशसा भयो। तर कोभिडको इपिसेन्टर नै बनेको वीरगन्जवासीको ज्यान जोगाउन प्रदेश र संघ सरकारले कुनै सहयोग नगरेपछि महानगरले भौतिक पूर्वाधार निर्माणको काम रोकेर महामारी व्यवस्थापनमा १२ करोड रुपैयाँ खर्च गरेको उनले बताए।   

राज्यले अहिलेसम्म वीरगन्जलाई केवल कर उठाउने थलो मात्रै बनाएको तर यहाँको विकास र समृद्धिमा कुनै ठोस योगदान नदिएको गुनासो उनले गरे। सरावगीले भने,‘वीरगन्जमा अहिले जुन पनि सार्वजनिक भौतिक संरचना छन् ती सबै यहाँका नागरिकले बनाएका हुन्, सरकारले बनाएको केही छैन।

एमाले अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी ओलीले वीरगन्जको समृद्धि र विकासका लाागि वचन दिएको सुनाउँदै सरावगीले भने,‘त्यसैले अब वीरगन्ज महानगरमा मात्र होइन प्रदेश र संघमा पनि एमालेकै सरकार बन्छ, एमालेको सरकारले वीरगन्जको मुहार फेर्छ।’

चुनावी सभालाई एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, केन्द्रीय सदस्यद्वय प्रभु हजरा, राज कुमार गुप्ता, लोसपा नेता एंव सांसद विमल श्रीवास्तव, प्रदेश सभा सदस्य रमेश कुर्मी, लोसपाका उपमेयर उम्मेदवार पुरुषोत्तमलाल झालगायत पनि सम्बोधन गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.