बालिका बलात्कारको आरोपमा युवक पक्राउ
उदयपुर : उदयपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोमबार एक युवक पक्राउ परेका छन्।
बैशाख ७ गते बेलुकी घरमा कोही नभएको मौकाछोपि जबरजस्तिकरणी गरेको आरोपमा प्रहरीले बेलाका नगरपालिका–६ का २६ वर्षीया गणेश राईलाई पक्राउ गरेको हो।
पीडित पक्षको जाहेरीका आधारमा प्रहरीले राईलाई लुकीछिपी बस्दै गरेको अवस्थामा सोही नगरपालिका–६ फक्टपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोस आचार्यले बताए।
आरोपित राईलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको हिरासतमा राखि अनुसन्धान सुरु गरिएको उनले बताए।