रसुवामा नमुना मतदान : न्यून मत बदर

रसुवामा नमुना मतदान : न्यून मत बदर

रसुवा : रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेस्थित रसुवा मावि मतदान केन्द्रमा मंगलबार नमुना मतदान गरिएको छ। शुक्रबार हुने स्थानीय तहको निर्वाचनको तयारी तथा मतदान गर्ने प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले नमुना मतदान गरिएको हो।

 
मतदान गर्ने समयमा हुनसक्ने जोखिम, मतदान गर्ने प्रक्रिया, मत बदर हुने अवस्था, मतदान केन्द्रमा हुने मतदान अधिकृतको टोलीले गर्नेपर्ने कार्य, मतगणनालगायतको बारेमा व्यवहारिक ज्ञान प्रदान गरिएको जिल्ला निर्वाचन अधिकृत श्रीराम थापाले बताए। नमुना मतदानमा ३१ मत खसेकोमा एउटा मतपत्रपूर्ण बदर भएको थियो। अधिकांश मत सदर भएका थिए। नमुना मतदानको नतिजा अनुसार मतदाताले खुलासदस्य पदमा मत दिँदा अलमलिने गरेको देखिन्छ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा जिल्लामा २२ हजार ६ सय ८९ मत खसेको थियो। यो कुल मतदाताको ८१.४५ प्रतिशत हो। २०७४ सालमा जिल्लामा २७ हजार ८ सय ५४ मतदाता थिए। खसेको मतमध्ये ७.०५ प्रतिशत अर्थात १ हजार ६ सय २८ मत पूर्ण बदर भएको थियो। उक्त निर्वाचनमा ३४ वटा मतदानस्थल र ४२ वटा मतदान केन्द्र राखिएको थियो। 

जिल्लामा यसपटक ३४ वटा मतदानस्थल निर्धारण गरिएको छ। यी स्थलमा ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ। जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन्। जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.