रसुवामा मतदान केन्द्रको निर्माणले तीव्रता पायो

रसुवामा मतदान केन्द्रको निर्माणले तीव्रता पायो

रसुवा : शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा मतदान केन्द्रको निर्माणले तीव्रता पाएको छ। मतदानस्थल पुगेका कर्मचारीहरूले धमाधम मतदान केन्द्रको निर्माण गरिरहेका छन्।

निर्वाचनमा खटिएका कर्मचारीले सर्बदलीय बैठक राखेर आवश्यक प्रक्रिया अघि बढाएका हुन्। धेरै स्थानमा बुधबार केन्द्र निर्माण गरिएको छ। केही स्थानमा बिहीबार निर्माण हुने छ।

जिल्लाको उत्तरगया गाउँपालिका–५ वडा कार्यालयस्थित माझगाउँ ‘ग’ मतदान केन्द्रमा आवश्यक तयारी पूरा गरिएको मतदान अधिकृत रविन्द्र ठकुरीले बताए। ‘हामीले सर्वदलीय बैठक राख्ने तथा मतदान केन्द्रको निर्माण लगायतका काम सम्पन्न गरेका छौं,’ उनले भने, ‘मतदानका लागि आवश्यक काम सकिएको छ।’

मतदाताहरुको सजिलोको लागि महिला पुरुष छुटटछुट्टै रहने लाइन निर्माण, जेष्ठ नागरिक, अशक्त तथा अपाङगता भएका व्यक्तिहरु छिटो मतदान गर्ने व्यबस्था मिलाइएको उनको भनाइ छ।

यस्तै आमाछोदिङ्मो गाउँपालिका–२ नेसिङस्थित पार्वतीकुण्ड प्रावि मतदान केन्द्रको निर्माण बिहीबार गरिने भएको छ। केन्द्रका सहायक मतदान अधिकृत दीपरमण अधिकारीका अनुसार बुधबार सर्वदलीय बैठक बसिएको छ। 
 
बैठकमा मौन अवधिमा पालना गर्नुपर्ने नियम,  आचारसंहिता, उम्मेदवारका प्रतिनिधि, अशक्त तथा अपाङगता भएका व्यक्तिले मतदान गर्न सहज बनाउनेलगायत विभिन्न विषयमा छलफल भएको छ। 

यसैगरी नयाँ मतदाताहरुलाई परिचयपत्र वितरण गर्ने काम पनि भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले निर्वाचनको दिन वर्ष हुने पूर्वानुमान गरेको हुनाले मतदान केन्द्रको सुरक्षाको लागि पाल टांग्ने काम पनि भइरहेकोे छ। निर्वाचनमा २ सय ९४ जना नेपाल प्रहरी, २१९ सशस्त्र प्रहरी र २८८ म्यादी गरि ८ सय १ जना सुरक्षकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए। हामीले मतदान प्रक्रियालाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था कडा पारेका छौं’, उनले भने, ‘मतदाताले ढुक्क भएर मतदान गर्न पाउँछन्।’

जिल्लामा निर्वाचनको लागि २ सय ५५ कर्मचारी खटिएका छन्। यस्तै ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र रहेको छ। जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.