मतदान गर्न राजनीतिक दलका शीर्ष नेता चितवनमा

मतदान गर्न राजनीतिक दलका शीर्ष नेता चितवनमा

चितवन : भोलि हुने स्थानीय तह सदस्य निर्वाचनमा भोट हाल्न राजनीतिक दलका शीर्ष नेताहरु गृह जिल्ला चितवन आइपुगेका छन्। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र रामबहादुर थापा गृहजिल्ला चितवन आएका हुन्। 

प्रचण्ड बुधबार चितवन आएका हुन्। उनी चितवनमा मतदानका दिनसम्म बस्ने कार्यक्रम रहेको छ । प्रचण्डको मतदानस्थल भरतपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुर रहेको छ । सो मतदान स्थलमा १ हजार ६ सय ७८ जना मतदाता रहेका छन् । 

यस्तै, नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिकाको वडा नम्बर ५ मा रहेको भण्डाराबाट मतदान गर्दैछन्।  उनले भण्डारा अस्पताल मतदान स्थलबाट मतदान गर्नेछन्।  सो मतदानस्थलमा ३ हजार ६५ जना मतदाता रहेका छन् ।  यस्तै, एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापाले भरतपुर महानगरपालिका वडा नम्बर १० बाट मतदान गर्दैछन्।  भरतपुर महानगरपालिका वडा नम्बर १० को नारायणी नमुना माध्यामिक विद्यालयबाट मतदान गर्ने कार्यक्रम रहेको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले भरतपुर ५ मा राष्ट्रिय आधारभूत विद्यालय तोरीखेतबाट मतदान केन्द्रबाट मतदान गर्नेछिन  । भरतपुरका गठबन्धनका मेयरका उम्मेदवार रेनु दाहालले भरतपुर १४ स्थित सुन्दरबस्तीबाट र एमालेका उम्मेदवार बिजय सुवेदीले भरतपुर १२ स्थित मोहन माविबाट मतदान गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.