भारतमा अभिभवकले नै ११ वर्षीय बालकलाई २ वर्षसम्म २२ कुकुरसँग थुने

भारतमा अभिभवकले नै ११ वर्षीय बालकलाई २ वर्षसम्म २२ कुकुरसँग थुने

नयाँ दिल्ली : भारतको पुणेको कोंढवा क्षेत्रमा एउटा अचम्मको घटना बाहिर आएको छ । त्यहाँ गएको दुई वर्षदेखि अभिभावकले नै आफ्नो ११ वर्षीय छोरालाई २२ कुकुरसित थुनेका थिए । उनका आमाबाबु प्रायः उनलाई भेट्न भने आउँथे। छिमेकीको उजुरीमा प्रहरीले उक्त फ्ल्याटमा छापा मारेर  बालकलाई मुक्त गरेको थियो । प्रहरीले बुधबार राति आरोपी अभिभावकलाई पक्राउ गरेको छ ।

पुणे पुलिसका वरिष्ठ प्रहरी निरीक्षक सरदार पाटिलले सञ्जय लोधिया र शीतल लोधियालाई गलत तरिकाले बालकलाई घरमा थुनेको आरोपमा पक्राउ गरेको बताए। दुवै कोंढवाको कृष्णाई भवनमा बस्छन् । उनीहरुले आफ्नो घरमा २२ वटा कुकुर पालेका थिए । तीमध्ये अधिकांश सडकबाट ल्याइएका थिए। पाटिलले आरोपी दम्पती घरमा खाना खुवाउनको लागि केही बेर आउनेर केही समय त्यहीँ बसेर फर्किने गरेको बताए।

कृष्णाई भवनका केही बासिन्दाले घरको झ्यालमा उभिएर बालकले अनौठो काम गरेको देखेपछि चाइल्ड लाइनकी अनुराधा सहस्रबुद्धेलाई फोन गरेर जानकारी गराए । बालक सामान्यतया बालकनी वा झ्यालमा बस्थे। दिनभर कुकुर भुकेको आवाज सुनिन्थ्यो। विगत एक सातादेखि घरमा दुर्गन्ध आइरहेको थियो, त्यसपछि छिमेकीहरूले चिन्तित हुँदै प्रहरीसामु गुनासो गरे ।

एउटा बेडरूम भएको घरमा २२ कुकुरहरूसँग थियो बालक

उजुरीपछि प्रहरीले चाइल्ड लाइनको सहयोगमा कृष्णाई भवनको फ्ल्याटमा छापा मारेर बालकको उद्धार गरेको छ। पछि उनलाई बाल कल्याण केन्द्र मार्फत बाल सुधार गृहमा पठाइएको छ । साथै आमा र बाबुविरुद्ध बाल न्याय ऐनको धारा २३ र २८ अन्तर्गत मुद्दा दर्ता गरिएको छ । घटनाको सबैभन्दा पीडादायी पक्ष के हो भने बालकलाई २२ कुकुरसहित एक बेडरूमको घरमा बस्न बाध्य पारिएको थियो।

बच्चाले कुकुर जस्तै काम गर्न थाल्यो

आरोपित दम्पतीलाई कुकुर पाल्ने मनपर्ने अनुसन्धानबाट खुलेको छ । उनीहरु प्राय कुकुरहरू घरमा ल्याउँथे। कुकुरसँग बस्दा बच्चामा यस्तै लक्षणहरू देखा पर्‍यो। छिमेकीहरूले प्रहरीलाई बच्चाले झ्यालमा बसेर कुकुरले जस्तै व्यवहार गर्ने गरेको बताए। कोरोनाका कारण दुई वर्षदेखि विद्यालय बन्द छन् । विद्यालय सुरु भएपछि बच्चाले विद्यालयका अन्य बालबालिकालाई पनि कुकुरले जसरी टोकेका थिए । यी दाबीहरूको पुष्टि गर्न प्रहरी बिहीबार विद्यालयमा गएर यस विषयमा अनुसन्धान गर्ने प्रहरीको भनाइ छ।

बच्चा अत्यन्तै खराब अवस्थामा थियो

यस सम्बन्धमा चाइल्ड लाइन संयोजक अपर्णा मोडकले घरबाट बच्चा फेला पर्दा घरको अवस्था निकै नाजुक रहेको बताइन् । पुरै घर फोहोर थियो । कुकुरहरू घरको ओछ्यान माथि र तल सुतेका थिए। यी सबै भुस्याहा कुकुर हुन्। दैनिक भास्कर


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.