भरतपुर मतगणनास्थलमा सात फिट अग्लो फलामको बार

भरतपुर मतगणनास्थलमा सात फिट अग्लो फलामको बार

चितवन :भरतपुर महानगरपालिकाको मतगणना स्थलको तयारी गरिएको छ । मतगणना हुने स्थलमा सात फिट अग्लो तार जालीसहितको फलामको बार लगाइएको छ ।  चितवन उद्योग संघको प्रदर्शनी केन्द्रको ब्लक 'सी' मा मतगणना स्थल तोकिएको छ।

मतगणना स्थलमा आठवटा सीसी जडान गरिएको छ ।  मतपत्रको भण्डारण क्षेत्र , गणनास्थल , प्रतिनिधिसहित सबै निगरानी निर्वाचन आयोगले समेत गर्न मिल्ने गरी सीसी क्यामेरा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौड्यालले बताए ।

वि. सं २०७४ को मत गणनाको क्रममा मत पत्र च्यातिएपछि अहिलेको गणनामा त्यस्तो नहोस् भनेर सबै खालको तयारी गरिएको जनाइएको छ। भरतपुर महानगरमा २९ वडा छन्। जहाँ १ लाख ८५ हजार ७ सय ५२ मतदाता  छन्। महानगरमा लागि ६५ मतदान स्थालमा २०२ मतदान केन्द्र रहेको छ। 

स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा मेयरमा गठबन्धनबाट रेणु दाहाललाई उम्मेदवार बनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.