पूर्वमन्त्री टेकबहादुर बस्नेत चढेको गाडी एम्बुलेन्ससँग ठोकियो, १० जना घाइते
दाङ : नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सवार गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा परी बस्नेतसहित १० जना घाइते भएका छन् । बस्नेतको टाउकोमा चोट लागेको छ । सल्यानबाट दाङतर्फ आउँदै गरेको बस्नेत सवार बा ८ च ६९२५ नम्बरको बोलेरो र दाङबाट सल्यानतर्फ जाँदै गरेको ना अ प ९४१ नम्बरको एम्बुलेन्ससँग ठोक्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुर उपमहानगर ३ राणा गाउँमा बलेरो र एम्बुलेन्स ठोक्किएको हो।
घाइते बस्नेतको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए ।