गुल्मीमा आगलागी पीडितलाई सहयोग

गुल्मीमा आगलागी पीडितलाई सहयोग
सुन्नुहोस्

गुल्मी : गुल्मीका आगलागी पीडितलाई जिल्लाका केहि स्थानीय तहले आर्थिक सहयोग गरेका छन्। शुक्रबार आगलागी भएको स्थानमा पुगेर  रेसुङ्गा नगरपालिकाले पीडितलाई राहत तथा पुनर्निर्माणको लागी २ लाख रुपैयाँ सहयोग गरेको छ। शुक्रबार अग्नि पीडित तथा आगलागी भएको बस्तीमा पुगेर रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले इस्मा गाउँपालिका अध्यक्ष भगतसिह खड्कालाई उक्त राहत रकमको चेक हस्तान्तरण गरेका हुन्।

समाज र समुदाय घट्ने कुनैपनि विपत्तिहरुमा एक अर्को स्थानीय तहको समन्वय र सहकार्य जरुरी रहेको रेसुङ्गा नगरपालिकाका  नगरप्रमुख खिलध्वज पन्थीले बताए। 

एक स्थानीय तह र नागरिकलाई विपत्ति तथा समस्या पर्दा अर्को स्थानीय तहले गरेको अभिभावकत्व अनुकरणीय रहेको भन्दै गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले धन्यवाद दिए। विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाबाट सहयोग आउने क्रम जारी रहेको गाउँपालिका अध्यक्ष खड्काले बताए। उनले राहत र उद्धारका काम तीव्र पारिएकाले जस्तापाता सहयोग र नगद रकम राहत कोषमा उपलब्ध गराउन अनुरोध समेत गरेका छन्।

बैशाख ८ गते  हावाहुरीसहित लागेको भीषण आगलागीबाट पालिकाभित्रका २६ वटा घर र ४९ गोठ जलेर पूर्ण नष्ट भएका छन्। आगलागीबाट एक सय ९९ नागरिक प्रभावित भएका छन् भने दर्जनौं पशुचौपायले ज्यान गुमाएका थिए।

त्यस्तै अग्नि पीडितको घर निर्माणको लागि इस्मा गाउँपालिकाले प्रति परिवार एक/एक लाख रुपैयाँ तत्काल उपलब्ध गराउने भएको छ। बैशाख १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले पालिकाभित्र पूर्णरुपमा क्षति पुगेका घरपरिवारलाई तत्काल एक/एक लाख दिने निर्णय गरिसकेको छ।

त्यस्तै आगलागी पीडितलाई राहत स्वरुप गुल्मीदरवार गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग गरेको छ। शुक्रबार चेक इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरलाई हस्तान्तरण गरिएको हो। 

null

कांग्रेसले  दुई लाख सहयोग गर्ने

नेपाली कांग्रेस गुल्मीले आगलागी पीडितलाई दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ। शनिबार तम्घासस्थित विपी स्मृति भवनमा पत्रकार सम्मेलन गरी आगलागी पीडितलाई दुई लाख रुपैयाँ सहयोग गर्ने बताए। कांग्रेसले जिल्लाभर आगलागी भएका स्थानमा पुगेर घटनाको प्रकृति हेरेर थप सहयोगका कार्यक्रम अगाडि बढाउने गुल्मी काङ्ग्रेसले जनाएको छ। 

null

समाज र समुदाय घट्ने कुनैपनि विपत्तिहरुमा मुलुकको ठूलो र जिम्मेवार पार्टी नेपाली काङ्ग्रेस सदैव नागरिकका समस्यामा मलमपट्टी लगाउन तयार रहेको नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताए।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख समेत रहेका पन्थीले नागरिकको हरेक दु:खमा मलमपट्टी लगाउनु सबै नेपालीको कर्तव्य र  दायित्व रहेको बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.