खनाल, नेम्वाङ र गुरूङ मतदान गर्न इलाममा

खनाल, नेम्वाङ र गुरूङ मतदान गर्न इलाममा

ईलाम : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका स्थित राष्ट्रिय आधारभूत विद्यालयमा रहको मतदान स्थलमा मतदान गर्दैछन्। उनले राष्ट्रिय आधारभूत विद्यालयको 'क' केन्द्रमा मतदान गर्ने छन्। 

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता खनाल अहिले गृह जिल्ला इलाममै छन्। झलनाथ खनालका प्रमुख स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार पूर्व प्रधानमन्त्री खनालले बिहान ७ बजे मतदान गर्ने कार्यक्रम रहेको छ। 

एमाले नेता तथा पूर्व सभामुख सुवास नेम्वाङ इलाम नगरपालिका ७ को महेन्द्र रत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन्। नेम्बाङले महेन्द्र रत्न बहुमुखी क्याम्पस 'ग' केन्द्रमा मतदान गर्ने भएका हुन्।

यसरी नै पोहिलो संविधानसभाको पोहिलो बैठकको अध्यक्षता गरी गणतन्त्र घोषणा गर्ने नेपाली काँग्रेसका पूर्व महामन्त्री केबि गुरुङले पनि महेन्द्र रत्न बहुमुखि क्याम्पसको मतदान केन्द्रबाट मतदान गर्नेछन्। त्यस्तै १ नम्बर प्रदेश सरकारकी पर्यटन तथा सस्कृति मन्त्री खिनु लङ्वा लिम्बुले इलामको सूर्योदय नगरपालिका ३ को वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछिन्। यो मतदान केन्द्र बौद्धधाममा रहेको छ। उनले क मतदान केन्द्रबाट मतदान गर्नेछिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.