जीतमा हौसिने र पराजयमा निराश हुने मानसिकताबाट लोकतन्त्र सुदृढ हुँदैन :  प्रचण्ड

जीतमा हौसिने र पराजयमा निराश हुने मानसिकताबाट लोकतन्त्र सुदृढ हुँदैन :  प्रचण्ड

चितवन : नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह नै जनताको शान्ति , समृद्धिको आधारशीला भएको बताएका छन्। भरतपुर महानगरपालिका १४ स्थित नेपाल प्रहरीको विद्यालयमा पहिलो मतदान गरेपछि प्रचण्डले समृद्ध नेपालको निर्माण गर्न निर्वाचनको भूमिका अग्रणी रहने बताएका हुन्।

उनले भने, ‘निर्वाचन सफल हुनुपर्छ। आत्मविश्वासका साथ , स्वतन्त्रतापूर्वक सहभागी हुन आग्रह गर्छु।  स्थानीय तह नै जनताको शान्ति , समृद्धिको आधारशीला हो। सिंहदरबारको अधिकार जनदरबार हो। निर्धक्कसँग मतदान गरौं।’

उनले भने, ‘आफैं हुर्के बढेको ठाउँमा मतदान गर्दा खुशी लागेको छ। जित्ने र हार्ने कुरा निर्वाचनमा स्वभाविक हो भनेर मान्नु पर्छ। जित हार हुनकै लागि निर्वाचन हुने हो। त्यसकारण जितमा हौसिने र पराजयमा निराश हुने मानसिकताबाट लोकतन्त्र सुदृढ हुन सक्दैन। ’

उनले भने, ‘हामिले गठबन्धन गरेका छौं। राजनैतिक अप्ठ्यारो भएको बेलामा गठबन्धन गरेको हो। जनता र देशका बुद्धिजिवी तथा सबै तह तप्काको बिचबाट आन्दोलनको रुपमा गठबन्धन जन्मेको हो।  आम जनताले राजनैतिक स्थायित्वको लागि विजयी गराउँछन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.