नेतृत्व नविकरण गर्ने अवसर : खनाल

नेतृत्व नविकरण गर्ने अवसर : खनाल

इलाम : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज देशभरका मतदाताले उत्साहका साथ नेतृत्व नविकरणका लागि मतदानमा भाग लिइ रहेको बताएका छन् । इलामको सूर्योदय नगरपालिका वाड न ९ रमफोकको शारदा आधारभूत विद्यालयमा मतदान गर्न पुगेका खनालले विकासलाई नागरिकसँग जोड्नुपर्ने बताए । 

उनले गलत नेतृत्वको कारण संघीयता र गणतन्त्र नै अप्ठ्यारोमा परेको टिप्पणी गरे । 

यस्तै  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले मतदान गरेका छन् । नेता नेम्वाङ चुनावी अभियानका क्रममा विगत केही दिनदेखि इलाममै छन् । उनले इलाम नगरपालिका–७ स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस केन्द्रबाट मतदान गरेका हुन् । मतदानपश्चात् उनले आवधिक निर्वाचनमा मतदान गर्न पाउनु जनताको अधिकार भएको बताए । 

यसरी नै पोहिलो संविधानसभाको पोहिलो बैठकको अध्यक्षता गरी गणतन्त्र घोषणा गर्ने नेपाली कांग्रेसका पूर्वमहामन्त्री केबि गुरुङले पनि महेन्द्र रत्न बहुमुखि क्याम्पसको मतदान केन्द्रबाट मतदान गरेका छन् ।  त्यस्तै १ नम्बर प्रदेश सरकारकी पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बूले इलामको सूर्योदय नगरपालिका ३ को वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेकी छन् ।  यो मतदान केन्द्र बौद्धधाममा रहेको छ । उनले 'क' मतदान केन्द्रबाट मतदान गरेकी हुन् । 

आज इलामका १० पालिकामा १५१ वटा मतदान स्थल मा रहेका २८५ मतदान केन्द्रवाट  १ हजार ३ सय १९ जना प्रतिस्पर्धिलाई मतदान गरिँदै छ । बिहान सात बजेदेखि सुरु भएको छ । इलाममा मतदानमा एक लाख ९ हजार १९२ जना महिला, १ लाख १५ हजार ५ सय ५४ पुरुष र दुई जना तेस्रो लिंगी मतदाता रहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.