उमेदवारको पक्षमा भोट माग्ने प्रहरी प्रमुख मतदान केन्द्रबाट हटाइए

उमेदवारको पक्षमा भोट माग्ने प्रहरी प्रमुख मतदान केन्द्रबाट हटाइए

धरान : धरान उपमहानगरपालिका वडा नम्बर ६ को सरस्वती मावि मतदान केन्द्रमा सुरक्षामा खटिएका वरिष्ठ प्रहरी नायब निरीक्षक तिलक गिरीलाई मतदान केन्द्रबाट हटाइएको छ। गिरीले उमेदवारको पक्षमा भोट मागेको भन्दै अन्य राजनीतिक दलहरुले विरोध गरेपछि उनलाई हटाइएको हो। 

गिरीले मतदान केन्द्रको सुरक्षा मजबुत पार्नु पर्नेमा स्वतन्त्र उमेदवारको पक्षामा भोट मागेको कांग्रेस महासमिति सदस्य सुबास राईले बताए। 

सुरक्षामा खटिएका प्रहरीले नै उमेदवारको पक्षमा भोट मागेपछि कांग्रेस लगायतका दलले विरोध जनाएका थिए। विरोधपश्चात् इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले गिरीलाई हटाएर धरान १५ को शिक्षा आदन स्कुलका बिनोद श्रेष्ठलाई खटाएको बताए। 

उनले तत्काल प्रहरी अभावका कारण विवाद बढेपछि गिरीलाई १५ मा सारिएको र मतदान सकिएपश्चात् विभागीय कारवाही सुरु गर्ने बताए। प्रहरी प्रमुख हटाइएपश्चात् धरान ६ मा शान्तिपूर्ण मतदान सुरु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.