रसुवामा २५ प्रतिशत मत खस्यो

रसुवामा २५ प्रतिशत मत खस्यो

रसुवा : रसुवामा २५ प्रतिशत मत खसेको छ। शुक्रबार बिहान साढे १० बजेसम्मको तथ्यांक अनुसार करिब २५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ। जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार अहिले केन्द्रमा मतदान प्रक्रिया चलिरहेको छ।

 
जिल्लामा अहिले शान्तिपूर्ण तरिकाले मतदान हुँदैछ। जिल्लाको सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदानको कार्य सुरु भएको थियो। मतदान गर्न ७ बजे अघिदेखि नै मतदाताहरु लाइनमा बसेका थिए। मतदान केन्द्रहरुमा बिहानैदेखि भीड छ।
 
वृद्धवृद्धा, अशक्त, अपांगतालगायतका नागरिकहरुको पनि उत्साहजनकरुपमा मतदानमा सहभागी भएका छन्। जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ। जसमा २ सय ५५ जना कर्मचारी निर्वाचन गराउन खटिएका छन्। जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी, म्यादी प्रहरी, शसस्त्र प्रहरी र नेपाली खटिएका छन्।
 
जिल्लामा ५ वटा गाउँपालिका रहेको छ। जसमा २७ वटा वडा रहेका छन्। जिल्लामा निर्वाचनका लागि १४५ पदका लागि ४६७ जना प्रतिस्पर्धामा छन्। जसमा ५ जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन्। अब १ सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ।  

जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन्। जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.