मुस्ताङमा शान्तिपूर्ण मतदान : ६५ प्रतिशत मत खस्यो
जोमसोम : स्थानीय तह निर्वाचन अन्तर्गत हिमाली जिल्ला मुस्ताङमा दिउँसो २ बजेसम्म ६५ प्रतिशत मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ। स्थानीय तहको दोश्रो कार्यकालका लागि आफूले रोजेको जनप्रतिनिधिलाई मतदान गर्न मतदाताहरुको उत्साहजनक सहभागी रहेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका निर्वाचन अधिकारी मदन अर्यालले जानकारी दिए।
मुस्ताङको लोमान्थाङमा कुल मतदाता १९४८ मध्ये ७२ प्रतिशत, लोघेकर दामोदरकुण्डमा कुल मतदाता १४६२ मध्ये ६२ दशमलव ३ प्रतिशत, वारागुङ मुक्तिक्षेत्रमा कुल मतदाता २२४४ मध्ये ६५ प्रतिशत, घरपझोङमा २०८४ मतदाता मध्ये ७३ दशमलव ६० प्रतिशत र थासाङ गाउँपालिकामा कुल मतदाता २७४७ मध्ये ७१ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
कार्यालयले साँझ ५ बजेसम्म ८० प्रतिशत मत खस्ने अनुमान गरेको छ।