उत्तर कोरियामा कोभिड-१९ सङ्क्रमित एकको मृत्यु

उत्तर कोरियामा कोभिड-१९ सङ्क्रमित एकको मृत्यु

सोल : उत्तर कोरियामा एक जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको शुक्रबार पुष्टि गरिएको छ।

उत्तर कोरियाले आफ्नो पहिलो कोभिड–१९ को मृत्युको पुष्टि गर्दै ज्वरो ‘विस्फोटक रूपमा’ राष्ट्रव्यापी रूपमा फैलिरहेको र हजारौं मानिसहरू बिरामी भएपछि अलग्गै अलग्गै राखि उपचार भइरहेको बताएको छ।

कोरोनाका एक सङ्क्रमित भेटिएको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसीएनएले बिहीबार जानकारी दिएको थियो। सो समाचार समितिले यहाँ गएको दुई वर्षपछि पहिलो पटक एक जनामा यो सङ्क्रमण पाइएको जानकरी दिएको थियो।

केसीएनएकाअनुसार राजधानी प्योङयाङका केही बिरामीमा गरिएको परीक्षणबाट एक जनामा यो सङ्क्रमण पाइएका थिए। यहाँ पाइएको सङ्क्रमण कोभिडको ओमिक्रोन भर्सन भएको पनि समाचारमा जनाइएको छ।

यो सङ्क्रमण पाइएपछि यहाँको सरकारले यसलाई राष्ट्रिय सङ्कटको अवस्था भनेको छ। एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.