सप्तरीको डाक्नेश्वरीमा निर्वाचन स्थगित

सप्तरीको डाक्नेश्वरीमा निर्वाचन स्थगित

राजविराज : सप्तरीको डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन स्थगित भएको छ।

अपाङ्गता भएकी अशक्त महिलाले छाप लगाउन अह्राएको भन्दा मतदान अधिकृतले फरक छापमा मतदान गरेको आरोप लगाउँदै आक्रोशित समूहले मतदान अधिकृत बिपिन यादवलाई कुटपिट गर्दै मतपेटिका तोडफोड गरेपछि निर्वाचन स्थगित भएको हो।

निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतले राजनीतिक दलहरूलाई बोलाई पुनः मतदान प्रकृया सुरु गर्ने प्रयास गरेपनि मतपेटिका तोडफोड र मतपत्र च्यातेर छरिएकाले सर्वदलिय वैठकको निर्णयअनुसार निर्वाचन स्थगित गरिएको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

निर्वाचनमा सहभागी राजनीतिक दलहरूको बैठकले मतदान अधिकृतले मतदाताको इच्छाविपरित छाप लगाएको स्थानीय मतदाता र प्रतिनिधिले मतपत्रसहित समातेकाले स्थानीयले कुटपिटसमेत गरेकोमा मतदान स्थगित गर्ने निर्णय गरेको छ। मतदान अधिकृतले जसपाको चुनाव चिन्हको साटो नेपाली कांग्रेसको चुनाव चिन्हमा मत लगाएको निर्णय पुस्तिकामा उल्लेख छ।
 
सर्वसम्मतीले गरेको उक्त निर्णयामा कांग्रेसका तबारक मियाँ, उग्रनारायण चौधरी, मो. हबिबुलसहित डाक्नेश्वरी नगरपालिकाका निर्वाचन अधिकृत शम्भुनाथ मगर, डिएसपी काफ्ले, सशस्त्र डिएसपी श्याम शर्मा पौडेल, जिल्ला निर्वाचन कार्यालयका कुलानन्द बिराजीसहित सबैजसो राजनीतिक दलको प्रतिनिधिको हस्ताक्षर छ।

विवाद हुँदा ‘क’ केन्द्रमा १ सय ३६ मत र ‘ख’ केन्द्रमा १ सय ६० मत खसेको थियो। विवाद भएपछि खसेको मत पनि मतमेटिका फुटाएर छरिएको छ।’

कुटपिटबाट घाइते मतदान अधिकृत यादवलाई उपचारार्थ राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको छ। अशक्त महिलाले इशारा गरेर देखाएकै स्थानमा आफूले २ वटा रुख चिन्हमा छाप लगाए पछि पुनः सोधेको र त्यत्तिकैमा उनीसँग आएका युवकले मतपत्र खोसेर होहल्ला गरेको घाइते यादवले बताए। 

सर्वदलिय बैठकले नै अशक्तको मतदान गर्न मतदान अधिकृतलाई दिने निर्णय गरेअनुरुप आफूले मतपत्रमा छाप लगाएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.