इलाममा १ सय ११ वर्षीयदेखि किरियापुत्रीसम्म मतदानस्थलमा

इलाममा १ सय ११ वर्षीयदेखि किरियापुत्रीसम्म मतदानस्थलमा

इलाम : स्थानीय तहको दोस्रो निर्वाचनमा इलाममा युवासंगै जेष्ठ नागरीकदेखि किरिया पुत्रीसमेतमा मतदानमा सहभागिता देखिएको छ। मतदान सुरु हुनुभन्दा अघिदेखि मतदानस्थलमा पुगेका मतदाताले उत्साहपूर्वक मतदान गरेको इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले जानकारी दिए।
 
इलामको सूर्योदय नगरपालिका-१४ बतासेस्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १ सय ११ वर्षीय जेष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गरिन्। राम्रो मान्छेलाई पाँच वर्षसम्म काम गर्ने अवसर प्रदान गर्न उनी मतदान स्थलमा पुगेकी हुन्। शुक्रबारसहित आठ पटक मतदान गरेकी अधिकारीले मतदानको सुरवात गरेको स्थानीय पत्रकार दुर्गा भवानी पोख्रेलले जानकारी दिए। 

यता इलामको माईजोगमाई गाउँपालिकामा २ जना किरियापुत्रीले ले पनि मतदान गरेको स्थानीय पत्रकार विनु खड्काले जानकारी दिए।  माईजोगमाई गाउँपालिका–१ प्रेमेजुङको शिवमाई माविमा तोया दहाल र प्रेम सागर दहालले मतदान गरेका हुन। ६ दिन अघि बुबाको निधन भएपछि काजकृयामा रहेका उनीहरुले पनि समाज बुझेको जनप्रतिनिधिलाई स्थानीयतहको नेतृत्व सुम्पन मतदान स्थलमा आएको बताए। 

माइजोगमाई-४ कि प्राञ्जली अधिकारीले शुक्रबार पहिलो पटक मतदान गरिन्। उनले आफ्नै मतले यसपटक जनप्रतिनिधि छान्ने अवसर पाएकोमा खुशी व्यक्त गरिन्। उनले भनिन् ‘विश्वास गरेर मत दिएकी छु, जनताको भावना बुझेर काम गर्ने आशा छ।’
इलामका १० पालिकामा १५१ वटा मतदान स्थल मा रहेका २८५ मतदान केन्द्रवाट  १ हजार ३ सय १९ जना प्रतिस्पर्धिलाई मतदान गर्ने क्रम जारी छ।  बिहान सात बजेदेखि सुरु भएको मतदान सकिएपछि शुक्रबार रातिदेखि नै मतगणना सुरु गर्ने प्रमुख जिल्ला अधिकारी ढुंगानाले जानकारी दिएका छन्। इलाममा मतदानमा एक लाख ९ हजार १९२ जना महिला, १ लाख १५ हजार ५ सय ५४ पुरुष र दुई जना तेस्रो लिंगी मतदाता छन्। 

मतदान अन्तिम चरणमा पुगेको छ। रातिनै स्थानीय तहमा मत पेटिकासंकलन गरेर मतगणनाको काम सुरु गर्ने तयारी गरीएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.