गुल्मीमा ६४ प्रतिशत मतदान
गुल्मी : गुल्मीमा ६४ दशमलव ०१ प्रतिशत अर्थात १ लाख ४३ हजार ५ सय ५९ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ। जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेकाअनुसार महिला ७८ हजार ७ सय ३७ जना र पुरुष ६४ हजार ३ सय ६७ जनाले मतदान गरेको कार्यालयले जनाएको छ।
ईस्मा गाउँपालिकामा ११ हजार ४ सय ६५, कालिगण्डकी गाउँपालिकामा ९ हजार ६ सय ३४, गुल्मीदरवार गाउँपालिकामा १२ हजार ५६, चन्द्रकोट गाउँपालिकामा १० हजार २२, छत्रकोट गाउँपालिकामा १३ हजार ८९,धुर्कोट गाउँपालिकामा ११ हजार ५ सय ७४, मदाने गाउँपालिकामा १० हजार २ सय ५५, मालिका गाउँपालिकामा ११ हजार ४८, मुसिकोट नगरपालिकामा १४ हजार ८ सय २३, रुरुक्षेत्र गाउँपालिकामा १० हजार ९ सय १९, रेसुंगा नगरपालिकामा १६ हजार २ सय ३९, सत्यवती गाउँपालिकामा १२ हजार ४ सय ३५ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
गुल्मीमा जम्मा २ लाख २४ हजार २ सय ७६ मतदाता रहेका छन्।