विवादका बीच रुपनी गाउँपालिकाको निर्वाचन मध्यरातमा स्थगित

विवादका बीच रुपनी गाउँपालिकाको निर्वाचन मध्यरातमा स्थगित

राजविराज : पुनः सुरु भएर हवाइ फायरपछि रोकिएको सप्तरीको रुपनी गाउँपालिका-५ को निर्वाचन शुक्रबार राति स्थगित गरिएको छ।

हवाइ फायरपछि उपस्थित मतदाता तितरबितर भई मतदान गर्न पाउने अवस्थाबाट वञ्चित भएकाले मतदान कार्य स्थगित गरिएको निर्वाचन अधिकृत कुमार मास्केले बताए। हवाइ फायर पछि पनि दलहरुबीच सहमति कायम हुन नसकी मतदान कार्यलाई व्यवस्थित ढंगले अघि बढाउन नसकिएकोले मतदाता स्वभाविक रुपमा मतदान गर्नबाट वञ्चित भएको मास्केको भनाई छ।

दुई पक्षीय विवादका बीच रोकिदै सुचारु भएको मतदानको क्रममा उत्तेजित भिंडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीले हवाइ फायर गर्नुपरेको डीएसपी माधवप्रसाद काफ्लेले बताए।

दिउँसो सवा ४ बजे वर्षाले मतदान कार्य प्रभावित भएपछि मतदान कार्य पुनः सुचारु गरिएको थियो। जसपाका कार्यकर्ताले दोहोर्‍याएर मत खसालेको भन्दै कांग्रेस प्रतिनिधिबाट विरोध भएपछि दुई पक्षबीच झडप भएको स्थानीयले बताए। झडपका क्रममा तीन जना घाइते भएकोले उपचारार्थ राजविराज ल्याइएको प्रहरीले जनाएको छ।

विवादले झडपको रुप लिएपछि राजविराजबाट ठूलो सङ्ख्यामा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालित गरिएको छ। निर्वाचन स्थगन गर्न नहुने अडानमा रहेका जसपाबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार हरेराम यादवले शान्तिपूर्ण तरिकाले भएको मतदान पछि हवाइ फायर भएको बताए। आफ्नो पक्षमा कम मतदान भएको भन्दै कांग्रेसका कार्यकर्ताहरुले दिउँसैदेखि निहुँ खोजेर स्थगन गर्न चाहेको यादवले बताए।

राति ९ बजे स्थगनको सूचना तयार पारे पनि जसपाका कार्यकर्ताको नाराबाजीसहितको प्रदर्शनका कारण ढिलो गरी सूचना टाँस गरेर कर्मचारीहरु मतदानस्थालबाट बाहिरिएका छन्। विवादका बेला मतदान केन्द्र ‘क’ मा ५९६ र केन्द्र ‘ख’ मा ५६२ जनाको मत खसेको थियो। निर्वाचन अधिकृत मास्केका अनुसार मतदान केन्द्र ‘क’ मा ७५६। मतदान केन्द्र ‘ख’ मा ७६७ मतदाता थिए। अर्को मिति बैठक गरेर तय गरिने उनले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.