दिल्लीको एक भवनमा आगलागी, २७ जनाको मृत्यु

दिल्लीको एक भवनमा आगलागी, २७ जनाको मृत्यु

नयाँ दिल्ली : दिल्लीको मुन्डका क्षेत्रमा रहेको एक भवनमा भएको भीषण आगलागीमा २७ जनाको मृत्यु भएको छ। दिल्लीका डीसीपी समीर शर्माले घटनाको पुष्टि गरेका छन्।

उनले भवनमा लागेको आगो निभाइएको र घाइतेहरूको सञ्जय गान्धी र दीनदयाल उपाध्याय अस्पतालमा उपचार भइरहेको बताए। दिल्लीका डेपुटी चीफ फायर अफिसर सुनील चौधरीका अनुसार अहिलेसम्म २६ जनाको शव निकालिएको छ । प्रारम्भिक जानकारीमा १४ जनाको मृत्यु भएको खबर आए पनि मृतकको संख्या निरन्तर बढिरहेको छ ।

योसँगै प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामनाथ कोविन्दले पनि यस दुर्घटनाप्रति समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा लेखेका छन्, ‘दिल्लीमा भएको भीषण आगलागीमा मानिसले ज्यान गुमाएकोले एकदमै दुखी छु। शोक सन्तप्त परिवारप्रति मेरो समवेदना छ। घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।'

 
राष्ट्रपति रामनाथ कोविन्दले पनि यस दुर्घटनाप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, 'दिल्लीको मुन्डका मेट्रो स्टेशन नजिकै भएको आगलागीको यो भयानक घटनाबाट म निकै दुखी छु। शोक सन्तप्त परिवारप्रति मेरो समवेदना छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।'
 
केन्द्रीय गृहमन्त्री अमित शाहले ट्वीटरमा लेखेका छन्, ‘दिल्लीको मुण्डकामा भएको आगलागीको घटना निकै दुखद छ। म सरोकारवाला निकायसँग निरन्तर सम्पर्कमा छु, प्रशासन राहत र उद्धारमा जुटेको छ । एनडीआरएफ पनि छिट्टै त्यहाँ पुग्दैछ। मानिसहरूलाई बाहिर निकाल्ने र घाइतेहरूलाई तत्काल उपचार उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो।

साथै दिल्लीका मुख्यमन्त्रीलगायत धेरैले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। मृतक र घाइतेका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट राहत दिने घोषणा गरिएको छ । मृतकका आश्रितलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरिएको छ ।
 
समाचार एजेन्सी एएनआईका अनुसार मुन्डका पुलिस स्टेशनमा शुक्रबार साँझ लगभग 5.45 मा फोनमार्फत आगलागी भएको जानकारी प्राप्त गरेको थियो। त्यसपछि तत्कालै प्रहरी घटनास्थल पुगेको थियो । मुन्डका मेट्रो स्टेशन नजिकै रहेको तीन तले भवनको पहिलो तल्लामा आगलागी भएको प्रहरीले जनाएको छ । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.