लोमान्थाङमा कांग्रेसको अग्रता कायमै
जोमसोम : उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ। लोमान्थाङको वडा नं. १ र ५ नम्बरको मतगणना हुँदा अध्यक्ष पदमा नेपाली कांग्रेसका टसी गुरुङले ३१६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका टसी नर्बु गुरुङले १९२ मत प्राप्त गरेका छन्।
उपाध्यक्ष पदमा नेपाली कांग्रसकी छिरिङ ढोका गुरुङले २५६ मत र नेकपा एमालेले २४९ मत प्राप्त गरेका छन्। यसैगरी लोमान्थाङ–५ मा नेपाली कांग्रेसका उम्मेदवार १६९ मत प्राप्त गरी विजयी भएका छन्। नेकपा एमाले १६० मत प्राप्त गरेको थियो।
लोमान्थाङ–५ मा एक दलित महिला सदस्य नेपाली कांग्रेसले जितेको छ भने एमालेले २ खुल्ला सदस्य जितेको छ। लोमान्थाङ–१ मा नेपाली कांग्रेसले वडाध्यक्षसहित ४ सदस्य पद जितेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।