दाङको शान्तिनगरमा नेपाली कांग्रेसको सुरुवाती अग्रता

दाङको शान्तिनगरमा नेपाली कांग्रेसको सुरुवाती अग्रता

दाङ : दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवावाती अग्रता लिएका छन्।  ४१२ मत गणना हुँदा गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार प्रमोद बस्नेतले १६० मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा प्रेमाकुमारी बुढाथोकीले १५६ मत पाप्त गरेकी छन्।

त्यस्तै गाउँपालिका अध्यक्षमा नेकपा माओबादी केन्द्रका मोहनलाल वलीले ११८ र उपाध्यक्षमा राधिका परियारले ११७ मत प्राप्त गरेकी छन्।

गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका बिष्णु केसी तेस्रो स्थानमा छन्। उनले ८९ मत प्राप्त गर्दा उपाध्यक्षमा एमालेकी कमला भण्डारीले ८८ मत प्राप्त गरेकी छन्।

यो गाउँपालिका अन्तरगत वडा नं.१ को वडाध्यक्ष पदमा माओबादी केन्द्रका जंगबहादुर पुन ११९, नेपाली कांग्रेसका दुर्गा घर्ती ११२, स्वतन्त्र उम्मेदवार धारा चुनाब चिन्हकी हिराबहादुर वली ७६ र नेकपा एमालेका उम्मेदवारले ७४ मत प्राप्त गरेका छन्।

दाङका ७ स्थानीय तहमा मतगणना सुरु

दाङका ७ स्थानीय तहमा मतगणना सुरु भएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार लमही नगरपालिकासहित राप्ती, गढवा, राजपुर, दंगीशरण, शान्तिनगर, बबई गाउँपालिकामा मतगणना सुरु भएको हो । 

तीमध्ये गढवा गाउँपालिकामा एमालेले अग्रता लिएको छ भने राप्ती गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । अन्य स्थानीय तहमा भने काँग्रेसले अग्रता लिएको छ । १० स्थानीय तहमध्ये घोराही उपमहानगरपालिका र बंगलाचुलीमा केही समयपछि मतगणना सुरु हुनेछ। 

तुलसीपुर उपमहानगरपालिकामा भने जेठ ३ गते निर्वाचन भएपछि मात्रै हुनेछ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का एमालेका वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्युपछि सोही वडामा जेठ ३ गते मात्रै निर्वाचन हुनेछ ।

दाङमा शुक्रबार भएको निर्वाचनमा २ लाख ८३ हजार ९८ मत खसेको थियो । दाङमा ४ लाख ३ हजार ६ सय ८३ मतदाता रहेका थिए । जिल्लामा जम्मा ७१ .१६ प्रतिशत मत खसेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.