भरतपुर-१६ मा ८ क्रियापुत्रीले गरे मतदान

भरतपुर-१६ मा ८ क्रियापुत्रीले गरे मतदान

भरतपुर : भरतपुर- १६ स्थित दुर्गाशेषकान्त उच्च माविमा ८ जना क्रियापुत्रीले मतदान गरेका छन्। आमाको शोमा रहेका छोराहरु  बैकुण्ठ बहादुर रेग्मी ,कैलाश रेग्मी ,भगवान रेग्मी र दिपक रेग्मी बुहारीहरु अयोध्यामाया रेग्मी ज्ञानु रेग्मी, भवानी रेग्मी, रेखा रेग्मीले मतदानस्थलमा पुगेर आफ्ना प्रतिनिधिहरु मार्फत मतदान गरेका हुन्।

रेग्मीका कान्छा छोरा नेपाली कांग्रेसको महाधिवेसनको महासमिति सदस्य , नेपाली जनसम्पर्क समिति साउदी अरव निवर्तमान सभापति हाल सल्लाहकार हुन्। उनी आमाको निधन भएको तेस्रो दिन घर आइपुगेका थिए। निर्वाचनको समयमा आफ्नो मताधिकार प्रयोग गर्न पछि किन पर्ने भन्दै मतदान गरेको उनले बताए।

मतदानस्थलमा उनीहरुका प्रतिनिधि रुपक रेग्मी, शुसान्त रेग्मी, सुमित्रा रेग्मी, बुहारी सुमिना रेग्मी, रश्मि रेग्मी, दिपजंग रेग्मी, भान्जा मोहन रेग्मीले मतदान गरेका हुन्। आमा खिलाकुमारी रेग्मीको ९३ वर्षको उमेरमा निधन भएको शुक्रबार निर्वाचनको दिन पाँचौं दिन हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.