भरतपुर महानगरको मतगणनास्थलमा कुर्सी राख्ने की बेञ्च भन्नेमा विवाद, कार्पेट राख्ने सहमति
चितवन : भरतपुर महानगरपालिकाको मतगणना स्थलमा कार्पेट ओछ्याउने सहमति भएको छ। मतगणनास्थलमा कुर्सी राख्ने कि बेञ्च राख्ने विषयमा नेकपा एमाले र गठबन्धन दलबीच भएका विवादका कारण मतगणना ढिलाई भएको हो ।
मतगणनास्थलमा गठबन्धन दलले कुर्सी राखेको थियो त्यसको एमालेले विरोध गरेर त्यसको सट्टामा बेञ्च राख्न आग्रह गरेको थियो । तर मुख्य निर्वाचन अधिकृत प्रकाश अधिकारीले बेञ्च राख्दासमेत गणनामा अप्ठेरो हुने भनेपछि एमाले र गठबन्धन दल कार्पेट ओछ्याउनेमा सहमत भएका हुन् । मतगणना स्थलमा कार्पेट ओछ्याइसकेपछि मतगणना सुरु हुने छ । केहबेरपछि गणना सुरु हुने तयारीमा गणकहरु जुटेका छन् ।