घोराही उपमहानगरपालिकामा मतगणना सुरु
दाङ : घोराही उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । घोराहीस्थित उद्योग वाणिज्य संघको सभाहलमा कडा सुरक्षा र तारजालीभित्र मतगणना भइरहेको छ। घोराहीमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेल मेयरमा उम्मेदवार छन् । यस्तै, एमालेबाट नरुलाल चौधरी उम्मेदवार छन् ।
उपमेयरमा गठबन्धनबाट कांग्रेसका भूपबहादुर डाँगी र एमालेबाट हुमाकुमारी डिसी उम्मेदवार छन् । यता दंगीशरण गाउँपालिका १ मा वडाध्यक्षमा कांग्रेसका रमेश भण्डारी विजयी भएका छन् । सो वडामा कांग्रेसको प्यानल विजयी भएको छ ।