देउमाई नगरपालिकामा हवाइ फायर, मतगणना स्थल तनावग्रस्त
इलाम : इलामको देउमाई नगरपालिकाको मतगणना स्थलमा स्वस्तिक छाप र मोबाइलसहित एक जना करारका कर्मचारी भेटिएपछि बढेको तनावपछि अहिले प्रहरीले तीन राउन्ड हवाइ फायर गरेको छ।
मतगणना स्थलमा नगरपालिकाका एकजना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि विवाद उत्पन्न भएको हो ।
विवादपछि गणनास्थल बाहिर झडपको अवस्था सृजना भएको पत्रकार टीका खतिवडाले बताए। गठबन्धन दलका नेता कार्यकर्ताले पुन मतदानको माग गरेका छन्।