उदयपुरगढी गापामा गठबन्धनको झिनो मतको अग्रता

उदयपुरगढी गापामा गठबन्धनको झिनो मतको अग्रता

उदयपुर : उदयपुरको उदयपुरगढी गाउँपालिकामा गठबन्धन (नेकपा एस)का अध्यक्षका उम्मेदवार मानबहादुर केप्छाकी मगरले झिनो मतले अग्रता लिएका छन्। 

वडा नं. १ मा २०० मत गणना गर्दा मगरले एमालेका उम्मेदवार गोपाल खत्रीलाई २ मतले अग्रता लिएका हुन्। त्यसैगरी उपाध्यक्षमा एमालेका उमेदवार शोभाकुमारी मगरले गठबन्धन कांग्रेसका जितबहादुर खड्कालाई १७ मतले पछि पारेकी छिन्। 

मगरले ८३ र खड्काले ६६ मत प्राप्त गरेका छन्। वडाध्यक्षमा नेकपा (एस)का उम्मेदवारले ८४ र एमालेका उम्मेदवारले ८१ मत प्राप्त गरेका छन्। वडा नं. १ गठबन्धनका अध्यक्षका उम्मेदवार मगरको क्षेत्र हो। 

उनी यसअघि २०७४ मा गाउँपालिका अध्यक्ष, २०४९ र २०५४ मा सोही वडा अर्थात तावाश्री गाविसको दुई कार्यकालका निर्वाचित अध्यक्ष हुन्। वडा नं १ गठबन्धनका लागि सबैभन्दा बलियो वडा मानिन्छ। अघिल्ला निर्वाचनमा सुर्य चिन्हबाट उम्मेदवार हुँदा अध्यक्ष मगरले सधै काँग्रेसका उम्मेदवारलाई तेब्बर मतले पछि पार्दै विजयी हुँदै आएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.