ताप्लेजुङको फक्ताङ्लुङ बाहेकका गाउँपालिकामा मतगणना जारी

ताप्लेजुङको फक्ताङ्लुङ बाहेकका गाउँपालिकामा मतगणना जारी

ताप्लेजुङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाबाहेक सबै स्थानीय तहमा मतगणना सुरु भएको छ । जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार फुङ्लिङ नगरपालिकासहित ८ वटा पालिकाको मतगणना सुरु भएको हो । ९ स्थानीय तह रहेको जिल्लामा ८९ हजार ६ सय ८० मतदाता रहेका थिए । जसमा ६४ प्रतिशत अर्थात ५७ हजार ८ सय ९१ मत खसेको थियो । फक्ताङ्लुङमा भने भोली आईतबार दिउँसोसम्ममा मात्रै मतपेटिका संकलन हुने सम्भावना रहेको छ । 

उत्तरी सीमा चीनसँग सिमाना जोडिएको फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङ्चुङगोलाबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालय तापेथोक ल्याउने काम भईरहेको खनालले जानकारी दिए । याङ्मामा १८ मत खसेको थियो । यता मेरिङ्देन गाउँपालिका वडा नं ६ नाल्बूमा भने नेकपा एमालेका मनोजकुमार तुम्बाहाम्फेसहित सबै सेटले जितेको छ ।

तुम्बाहाम्फे ४ सय ५६ मत सहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी रुख चिन्ह लिएर चुनावी मैदानमा रहेका ठाकुरसिंह लिम्बूले ३ सय २४ मत प्राप्त गरेका छन् । एमालेका वडाध्यक्षका उम्मेदवार १ सय ३२ मतान्तरले विजयी भएका छन् । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका लिम्बू गठबन्धन गर्दै रुख चिन्ह लिएर चुनावी मैदानमा थिए ।

त्यहाँ २ खुुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा समेत एमालेका उम्मेदवार विजयी भएका छन् । मतगणना भइरहेको स्थानीय तहमा गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.