धरान उपमहानगरपालिकामा कांग्रेसलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार
धरान : धरान उपमहानगरपालिकाको मतगणना जारी छ। मतपरिणामअनुसार गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । वडा नम्बर १ मा १ सय मत गन्दा गठबन्धनका तर्फबाट कांग्रेसका मेयरका प्रत्यासी किसोर राईले ७१ मत प्रप्त गरी सुरुवाती अग्रता लिएका हुन् ।
मेयरमा स्वतन्त्र उम्मेदवार बनेका हर्क सम्पाङ्ले ५८ मत प्राप्त गरेका छ्न्। एमालेकी मन्जु भण्डारीले ३६ मत प्राप्त गरी तेस्रो स्थानमा छन्। उममेयरमा माओवादी केन्द्रका अइन्द्र बेघाले ७६ मत प्राप्त गरेका छ्न् । एमालेका पदम लिम्बूले ४४ मत प्राप्त गरेका छन् ।
वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका यज्ञमणि आचार्यले ४९ मत प्राप्त गरेका छन । यहाँ राप्रपाका रोशन अधिकारीले २३ मत प्राप्त गरेका छ्न् । वडानम्ब २ मा कांग्रेसका सुधिर लिम्बू र एमालेका रमेश राइले समान ४७ मत प्राप्त गरेका छन् ।