चितवनको खैरहनी नगरको मेयरमा कांग्रेसका खनियाँलाई पछ्याउँदै एमालेका चौधरी
चितवन : खैरहनी नगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदमा नेपाली कांग्रेसका शशी खनियाले सुरुवाती अग्रता लिएका छन् । खनियाले ९ सय ८७ मत गन्दा ५ सय ६३ मत ल्याएर अग्रता कायम गरेका छन् ।
एमालेका लालमणी चौधरीले २ सय ७७ मत ल्याएका छन् । मेयरमा राप्रपाका सागर पाण्डेले ८६ मत ल्याएका छन् । उपमेयरमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका लक्ष्मी ढकालले ४ सय २३ मत ल्याएकी छन् । लक्ष्मीलाई एमालेकी कविना उप्रेतीले ३ सय ९ मत ल्याएर पछ्याउँदै छिन् । उपमेयरमा राप्रपाकी यमुना डल्लाकोटीले ८४ मत ल्याएका छन् ।