ताप्लि गाउँपालिकामा एमालेको अग्रता

उदयपुर : उदयपुरको ताप्लि गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार बाबुराम राईले अग्रता लिएका छन्। वडानं १ मा ८०० मत गणना गर्दा राईले गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार ढुंगराज विकभन्दा २८१ मतले अग्रता लिएका हुन्। राईले ३७५ र विकले ९४ मत प्राप्त गरेका छन्।
त्यसैगरी, उपाध्यक्षमा गठबन्धनन नेपाली कांग्रेसका उमेदवार धना मगरले एमालेका उम्मेदवार मानकुमारी थापालाई २४९ मतले पछि पारेकी छिन्। मगरले ४०८ र थापाले १३१ मत प्राप्त गरेकी छिन्। वडाध्यक्षमा नेकपा एमालेका उमेदवारले २९७ र कांग्रेसका उमेदवारले ८२४९ मत प्राप्त गरेका छन्।
यस्तै उदयपुरको चौदण्डीगढी नगरपालिकामा एमालेले अग्रता लिएको छ। वडानं १ मा ६०५ मत गणना गर्दा एमालेका उम्मेदवार कालुमान लामाले प्रतिष्पर्धी कांग्रेसका खगेन्द्र राईलाई ७६ मतले पछि पारेका छन्। लामाले २७६ र राईले २०० मत प्राप्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
