मुस्ताङको लोमान्थाङमा एमालेलाई पछ्याउँदै कांग्रेस
जोमसोम : उपल्लो मुस्ताङमा लोमान्थाङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । लोमान्थाङको वडा १,२,४ र ५ नम्बर वडाको मत गणना हुँदा नेकपा एमालेका उम्मेदवारले कांग्रेसका उम्मेदवारलाई उछिन्नदै अग्रता कायम गरेका हुन् ।
यसअघि २ वटा वडाको मत गणना हुँदा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार टसी गुरुङले ३१६ मत र उपाध्यक्ष पदमा कांग्रेसकी उम्मेदवार छिरिङ ढोका गुरुङले २५६ मत प्राप्त गरेकी थिइन् ।अध्यक्ष पदमा एमालेका उम्मेदवार टसी नर्बु गुरुङले १९२ मत र उपाध्यक्ष पदमा एमालेकी छ्युमी बिष्टले २४९ मत पाएकी थिइन् ।
तर, थप २ वटाको मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार टसी नर्बु गुरुङले ४९३ मत र उपाध्यक्षमा छ्युमी बिष्टले ४८८ मत ल्याई अग्रता लिएका हुन् ।यस्तै, कांग्रेसका टसी गुरुङले अध्यक्ष पदमा ४५७ मत र उपाध्यक्षमा ४५० मत प्राप्त गरेका छन् । अहिले अन्तिम वडा नं. ३ को मतगणना जारी छ ।
यस्तै, लोमान्थाङ–१ मा कांग्रेसले पुरै सेट जितेको छ ।वडा –२ मा एमालेले पुरै सेट जितेको छ । वडा –४ मा वडाध्यक्षसहित दुई सदस्य एमालले जितेको छ भने एक सदस्य कांग्रेसले जितेको छ ।वडा –५ मा वडाध्यक्षसहित एक सदस्य कांग्रेसले जितेको छ भने दुई खुल्ला सदस्य एमालेले जितेको छ ।