एमालेको पकड मानिएको फालेलुङ ६ मा समाजवादीका राई विजयी
फिदिम : नेकपा (एमाले) को पकड मानिएको पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्षमा गठबन्धनका अमरवीर राईसहितको प्यानल विजयी बनेको छ । नेपाली कांग्रेस फालेलुङ ६ का सभापति समेत रहेका अमर कलम चिन्हबाट चुनाब लेडेका थिए ।
भागबण्डाको क्रममा यो वडा एकीकृत समाजवादीलाई परेपछि आन्तरिक सहमतिको आधारमा उनी कमल चिन्हबाट चुनावी मैदानमा उत्रिएका थिए । वडाध्यक्षको निकटतम प्रतिद्वन्दी एमालेकी पनिता राईलाई ४२ मतले पछि पार्दै अमर विजयी बनेका हुन् ।
अमरले चार सय २३ मत प्राप्त गर्दा पनिताले तीन सय ७५ मत पाएकी हुन् । यो वडामा कुल एक हजार तीन सय ३६ मतदातामध्ये आठ सय ७० जनाले मतदान गरेका थिए ।