लिम्चुङ्गबुङ्ग-४ मा गठबन्धनबाट जसपका वडाध्यक्ष विजयी

लिम्चुङ्गबुङ्ग-४ मा गठबन्धनबाट जसपका वडाध्यक्ष विजयी

उदयपुर : उदयपुरको लिम्चुङ्गबुङ्ग गाउँपालिका वडा नं ४ को वडाध्यक्षमा गठबन्धनका उमेदवार विजयी भएका छन्।

 
गठबन्धनकोतर्फबाट साझा उमेदवार बनेका जनता समाजवादी पार्टीका छत्र राई नेकपा एमालेका उमेदवार ज्ञानबहादुर राईलाई १८ मतले पछि पार्दै विजयी भएका हुन्। ९८७ मत खसेको मध्ये छत्रले ४२८ र ज्ञानबहादुरले ४१० मत प्राप्त गरेका हुन्।

उनी जिल्लाकै पहिलो विजयी उमेदवार पनि भएका छन्। जिल्लाका ७५ वडामध्ये सबैभन्दा पहिला लिम्चुङ्गबुङ्ग गाउँपालिका वडानं ४ को नतिजा आएको हो। 

त्यसैगरी लिम्चुङबुङ गाउँपालिका-५ मा गठबन्धनको तर्फबाट वडाध्यक्ष उम्मेदवार नेपाली कांग्रेसका बसन्त राई विजयी भएका छन्।

उनले वडामा खसेको ८५५ मत मध्ये ३०४ मत प्राप्त गरेर विजयी हाँसिल गरेका हुन्। उनका प्रतिस्पर्धि एमालेका भुपाल खड्काले २६९ मत प्राप्त गरे। जम्मा पाँचवटा वडा रहेको सो पालिकामा पालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनकै अग्रता रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.