काभ्रेका दुई वडामा माओवादीका उम्मेदवार निर्वाचित
काभ्रे : जिल्लाका २ वटा वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्। भुम्लु गाउँपालिका-१ माओवादी केन्द्रका लेखबहादुर श्रेष्ठ निर्वाचित भएका हुन्। लेखबहादुरले ९ सय ९४ र एमालेका छत्रबहादुर श्रेष्ठले ५ सय ४४ मतप्राप्त गरेको निर्वाचन अधिकृत रुद्र कोइरालाले जानकारी दिए।
महाभारत–१ मा माओवादी केन्द्रका कान्छामान जिम्वा निर्वाचित भएका छन्। जिम्वाले ७ सय २०, कांग्रेसका ताराबहादुर रानामगरले ३ सय २१ र एमालेका सुविदार श्रेष्ठले २२ मत प्राप्त गरेका छन्।
यसअघि धुलिखेल–१ मा कांग्रेसका सन्तबहादुर लामा निर्वाचित भएका थिए। काभ्रेमा ३० गते बेलुका देखिनै मतगणना सुरु भएपनि शनिबार ५ बजे सम्ममा ३ वडाको मात्र मत परिणाम आएको छ।
काभ्रेका १३ मध्ये १२ स्थानमा मतगणना जारी रहेको जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईले जानकारी दिए। पाँचखाल नगरपालिका-१३ मा जेठ ३ गते मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ।