घरमै समाजवादीका नेता खनालको पार्टी पराजित
इलाम : इलाममा स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणम अनुसार केही वडाको अन्तीम परिणम आउन सुरु गरेको छ। नेकपा (एकीकृत) समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको जन्मगाउँ इलाम नगरपालिका–१ मा खनालकै दलका उम्मेदवार पराजित भएका छन्।
गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्षसहित ३ सदस्य विजयी भएका छन्। नेकपा (एस)का वडा सदस्यका उम्मेदवार भने नेकपा एमालेका उम्मेद्धारसंग पराजित भएका छन्। उनको निर्वाचन क्षेत्रको सर्वाधिक चासोका साथ हेरिएको सूर्योदय नगरपालिकामा भने उनकै चिन्हका उम्मेद्धार झिनो मतान्तरले अघि रहेका छन्।
खनालको पुख्यौली घर रहेको वडामा गठबन्धनबाट कांग्रेस उम्मेदवार गायत्रीराम बस्नेत विजय भएका हुन्। उनले २०७४ सालको स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्ष बनेका अम्बिकाप्रसाद गौतमलाई पराजित गरेका छन्।
बस्नेतले १ हजार ८१ मत ल्याएका छन् भने प्रतिस्पर्धी गौतमले १ हजार २२ मत ल्याए। महिला वडासदस्यमा कांग्रेसकै मनकुमार गुरुङ, महिला वडा सदस्य डायना राई र दलित महिला सदस्यमा मुनादेवी रसाइली विजयी भएका छन्। गठबन्धनकै तर्फबाट उम्मेदवारी दिएका वडा सदस्यका उम्मेदवार इन्द्रबहादुर कटवाल भने पराजित भएका छन्। उनलाई एमालेका खड्गबहादुर गुरुङले पराजित गरेका हुन्।
इलामको माईजोगमाई गाउँपालिका वडा नम्बर १ को मत परिणम भने बराबर भएको छ। अध्यक्षमा नेकपा एमालेका यामकुमार कार्की र गठबन्धनका उम्मेद्धार टेक बहादुर शाहाले १०८४ मत प्राप्त भएको थियो। गोलाप्रथा गरेर अन्तिम विजयी घोषणा गर्ने तयारी गरिएको छ। यस वडामा गाउँपालिका अध्यक्षका उम्मेद्धार नेकाप (एस)का जित बहादुर राईले १०७२ मत प्राप्ति गरेर अग्रता लिएका छन्। नेकपा एमालेका कुश बहादुर थेवेले १०४५ प्राप्त गरेका छन्। उपाध्यक्षमा नेकपा एमालेकी सावित्रा भट्टराईले १०४९ मत प्राप्त गरेर अग्रता लिएकी छन्। उनलाई नेपाली काग्रेसकी प्रविना राईले १०४२ मत प्राप्ति गरेर पछ्याइ रहेकी छिन्।
इलामको माङ्सेबुङ गाउँपालिकाको वडा ४ मा एमालेको प्यानल नै विजयी भएको हो। वडाध्यक्षमा नवीन लिम्बू ३ सय २५ मतसहित विजयी भएका छन्। निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलकुमार राईले २ सय ७१ मत ल्याएका छन्। वडा सदस्यमा एमालेकै टेकमान लिम्बू, धनबहादुर राई , महिला वडा सदस्यमा कल्पना राई र दलित महिला सदस्यमा गोमादेवी विक विजयी भएका छन्।
यो वडामा कांग्रेस र जनता समाजवादी गठबन्धनका गाउँपालिका अध्यक्षका कांग्रेस उम्मेदवार डिकेन्द्र इदिंगोले ४ सय ८७ र एमालेका हेमन्त राईले ३ सय ४६ मत ल्याएका छन्। उपाध्यक्षमा जसपाका विनोद नेम्बाङको ४ सय २१ र एमालेकी सुनिता सुब्बाको ३ सय ४७ मत आएको छ।
इलामको माङ्सेबुङ गाउँपालिका ५ मा राष्ट्रिय जनमुक्ति पार्टी (राजमुपा)को प्यानल विजयी भएको छ। यो वडामा अन्य दलले उम्मेदवारी दिएका छैनन्। वडाध्यक्षमा यसअघिकै वडाध्यक्ष नरेन्द्रकुमार राई ८ सय ३७ मत ल्याएर विजयी भए। त्यही पदका स्वतन्त्र उम्मेदवार सुवदल सेलिङले २ सय २८ मत ल्याएका छन्। महिला वडा सदस्यमा तिलरूपा सवेहाङ यसअघि नै निर्विरोध निर्वाचित भएकी थिइन्। वडा सदस्यमा वीरबहादुर कुरुम्बाङ (८१२) र सुरेन्द्र तुम्बाहाम्फे (७१७) विजयी भए। दलित महिला सदस्यमा गंगामाया विश्वकर्मा (८६३) विजयी बनिन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा राजमुपाले यही वडामा प्यानल नै जितेको थियो। यो वडामा गठबन्दधनको तर्फबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार डिकेन्द्र इदिंगोले ७ सय ९२ मत ल्याएका छन्। अध्यक्षका एमाले उम्मेदवार हेमन्त राईले यो वडामा १ सय ८३ मत ल्याएका छन्।
इलामको सन्दकपुर गाउँपालिका १ मा सत्ता गठबन्धनलाई पाखा लगाउँदै नेकपा (एमाले)को प्यानल विजयी भएको छ। यसअघिका वडाध्यक्ष नन्दकुमार राईलाई पराजित गर्दै वडाध्यक्षमा एमालेका रहर कुमार राई विजयी भएका हुन्।
रहरकुमारले ४ सय ५५ र उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेवार नन्दकुमारले ४ सय २२ मत ल्याएका छन्। नन्दकुमार एमालेकै बागी उम्मेदवार थिए। जिल्लाका ८१ वडामध्येमा यो वडा २०७४ सालको स्थानीय निर्वाचनमा माओवादीले वडाध्यक्ष जितेको जिल्लाकै एकमात्र वडा थियो। यहाँको वडाध्यक्षमा नन्दकुमार विजयी भएका थिए।
केही समयअघि एमालेमै प्रवेश गरेका नन्दकुमार यसपटक पनि एमालेमा विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेका थिए। वडा सदस्यमा चेतबहादुर राई, तोरण मुखिया, महिला वडा सदस्यमा विनु राई विजयी भएका छन्। दलित महिला सदस्यमा दिलमाया कमिनी यसअघि नै निर्विरोध निर्वाचित भएकी छिन्।
इलाम फाकफोकथुम गाउपालिका वडा न १ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार कर्णबहादूर थेगिम निर्वाचित भएका छन्। थेगिमसहित वडाको प्यानल नै बिजयी भएको हो। थेगिमले ८ सय ४ मत प्राप्त गरि विजयी भएका छन्।