रेसुंगाको मेयर र उपमेयरमा कांग्रेस विजयी, फर्कियो गुमेको विरासत
गुल्मी : रेसुंगा नगरपालिकामा नेपाली कांग्रेसले गुमेको विरासत फर्काएको छ।
यसअघि नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले जितेको थियो। शनिवार राति भएको मतगणनाको अन्तिम नतिजाअनुसार मेयरमा कांग्रेसका जिल्ला सभापति खिलध्वज पन्थी र उपमेयरमा अमृतादेवी कुँवर विजयी भएका छन्।
पन्थीले ८ हजार ६१४ प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी एमालेका राजेन्द्रप्रसाद पाण्डेयले ७ हजार ३२० मत प्राप्त गरे।
त्यस्तै, उपमेयरमा विजयी कुँवरले ८ हजार ६१९ मत प्राप्त गरिन्। प्रतिस्पर्धी एमालेकी रिता पाण्डेले ७ हजार २३१ मत पाइन्।