रसुवाको गोसाइँकुण्ड–४ मा कांग्रेसको प्यानल नै विजयी
रसुवा: रसुवाको गोसाइँकुण्ड गाउँपालिका– ४ मा वडाध्यक्ष सहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ। नेपाली कांग्रेसका डिण्डु लामा ज्याबा तामाङले १ सय ६६ मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका तेम्बा लामाले १ सय ३६ मत ल्याए। वडा सदस्यमा सान्दु चुसाङ, ल्हाक्पा ढुण्डुप तामाङ र महिला सदस्यमा कारतोक लामा विजयी भएका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि यस वडामा नेकपा एमाले विजयी भएको थियो।
प्रतिक्रिया दिनुहोस !
५