भरतपुर महानगरमा ३ हजार ९७७ मतगणना : रेणु अग्र स्थानमै

भरतपुर महानगरमा ३ हजार ९७७ मतगणना : रेणु अग्र स्थानमै

चितवन : भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालको अग्रता कायमै रहेको छ। ३ हजार ९७७ मत गणना हुँदा दाहालले १ हजार ३७२ मत प्राप्त गरेकी छन्। 

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १ हजार ३०५ मत प्राप्त गरेका छन्। रेणु र विजयको मतान्तर ६७ मतको रहेको छ। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४७० मत प्राप्त गरेका छन्।

त्यसैगरी कांग्रेसको उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले १ हजार ५४२ मत प्राप्त गरेका छन्। उनकी प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले १०३५ मत प्राप्त गरेकी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.