धनगढी उपमहानगरको मेयरमा फराकिलो मतान्तरले स्वतन्त्र उम्मेदवार हमालको अग्रता

धनगढी उपमहानगरको मेयरमा फराकिलो मतान्तरले स्वतन्त्र उम्मेदवार हमालको अग्रता

धनगढी :  धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्रका उम्मेदवार गोपाल हमालले अग्रता कायम गरेका छन्।

३३५३ मत गणना हुँदा हमालले १४७२ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वड रहेका  छन्। वडले ८६३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै, मेयरका उम्मेदवार नेकपा एमालेका रणबहादु चन्दले १५४ मत प्राप्त गरेका छन्।

उपमेयरतर्फ भने माओवादी केन्द्र अगाडि छ। माओवादी केन्द्रका उम्मेदवार शान्ति अधिकारी क्षेत्रीले ७३८ मत प्राप्त गरेकी छिन्।  

कांग्रेसबाट बागी उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार प्रभावकर भण्डारीले ५११ मत ल्याएका छन्। यस्तै एमालेकी उम्मेदवार कन्दकला रानाले ४११ मत प्राप्त गरेकी छिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.