भारतले गहुँ निर्यातमा लगायो प्रतिबन्ध

भारतले गहुँ निर्यातमा लगायो प्रतिबन्ध

नयाँ दिल्ली (एजेन्सी) : भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ। उपभोक्ता मुद्रास्फीति बढेर ७.७९ प्रतिशत पुगेपछि सरकारले प्रतिबन्ध लगाएको हो। जसका कारण अब भारतबाट नेपाल आउने गहुँ रोकिनेछ। तर, यो अल्पकालीन निर्णय मात्रै भए पनि कति समयका लागि प्रतिबन्ध लगाइएको हो उल्लेख गरिएको छैन।

यद्यपि भारत सरकारको अनुमति लिएर कुनै देशको खाद्य सुरक्षा बचाउनका लागि र विशेष सम्झौता भएका मुलुकहरूमा बाहेक अन्य सबै खाले निर्यातका लागि प्रतिबन्ध लगाइएको हो। पछिल्लो समय युक्रेन र रूसबीचको युद्धका कारण गहुँको मूल्य निकै बढेको थियो। भारत सरकारले मुलुकभित्र बढ्दो खाद्य सुरक्षा र महंगीलाई ध्यानमा राख्दै निर्यातमा रोक लगाउने निर्णय गरेको हो।

उक्त भारतमा गहुँको धेरै खेती हुने गरेको छ। यसपटकको गर्मीले गहुँको उत्पादनमा निकै कमी ल्याएको छ। खास गरी मार्च–अप्रिलमा २५ देखि ३० डिग्री सेल्सियस तापक्रममा गहुँको उत्पादन बढी हुन्छ। तर, यसपालि यी महिनामा तापक्रम बढी भएपछि उत्पादन घटेको हो। सरकारी तथ्यांकअनुसार भारतमा यसपालि गहुँको उत्पादनमा ५ प्रतिशतले कमी आएको छ। 

तर, पश्चिम उत्तर प्रदेश, पञ्जाब, हरियाणा तथा मध्यप्रदेशका किसानकाअनुसार गहुँको उत्पादनमा १५ देखि २५ प्रतिशतसम्म कमी आएको छ। गहुँको उत्पादन र निर्यात ज्यादा गर्ने देश रूस र युक्रेन युद्धमा फसेका कारण पनि यसपछि अन्तर्राष्ट्रिय स्तरमै गहुँको मूल्य बढेको छ। यी देशमा युद्धका कारण भारतको गहुँको माग विश्व बजारमा बढेपछि भारतले पनि आफूलाई अपुग हुनेभन्दै निर्यातमा रोक लागएको हो।
सबैभन्दा बढी गहुँ उत्पादन गर्ने देशमा रुस, युक्रेन, क्यानडा, फ्रान्स, अमेरिका हुन्। यीमध्ये विश्व बजारमा ३० प्रतिशत गहुँको आपूर्ति रूस र युक्रेनले गर्दै आएका थिए। रूसको उत्पादनमध्ये आधा गहुँ मिश्र, टर्की र बंगलादेशले खरिद गर्ने गरेका छन्। युक्रेनको गहुँ नेपाल, इन्डोनेसिया, फिलिपिन्स, तुर्की, ट्युनिसियाजस्ता देशले खरिद गर्ने गरेका छन्।

दुई देश युद्धमा पुगेपछि भारतले ती देशबाट भइरहेको निर्यातको अवसर लियो। भारतबाट गत वर्षको तुलनामा उच्च परिमाण अर्थात झण्डै तेब्बर बढी गहुँ निर्यात भयो। यसको परिणाम यो आयो कि गहुँको मूल्य बढ्यो। नेपालले पनि धेरैजसो गहुँ युक्रेनबाट नै आयात गर्ने गरेको थियो। युद्धका कारण अहिले त्यहाँबाट गहुँ आउने अवस्था छैन। यो अभाव पूरा गर्न भारतबाट समेत नेपालले गहुँ आयात गर्नुपर्ने हुनसक्थ्यो। 

तर, भारतले उच्च मूल्य वृद्धि र आफ्नो खाद्य सुरक्षाको प्रबन्ध गर्न भन्दै निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा समेत गहुँको अभाव हुन सक्ने देखिएको छ। त्यस्तै, गहुँको अपाूर्ति सामान्य भयो भने पनि मूल्य भने नेपालमा समेत अकासिने अनुमान गर्न सकिन्छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.