रसुवाको पाँच पालिकामध्ये ३ मा एमाले र २ मा कांग्रेसको अग्रता
रसुवा : शुक्रबार भएको स्थानीय तहको निवार्चनको मतगणना जारी छ। जिल्लाको पाँचवटा गाउँपालिकाको मतगणना चलिरहेको छ। शनिबार मद्यान्न साढे १२ बजेसम्मको तथ्यांक अनुसार उत्तरगया, गोसाइँकुण्ड र आमाछोदिङ्मोमा एमाले तथा कालिका र नौकुण्डमा कांग्रेसको अग्रता छ।
कालिका गाउँपालिकामा अध्यक्षमा १ हजार २ सय ५४ मत सहित कांग्रेस अगाडि छ। एमालेको १ हजार १ सय ४९ मत सहित दोस्रो र १ हजार १ सय ३६ मत सहित माओवादी तेस्रो स्थानमा छ। उपाध्यक्षमा १ हजार ६ सय २८ मत सहित नेपाली कांग्रेस पहिलो, ९ सय ३ मत सहित एमाले दोस्रो र ५ सय ६८ मत सहित नेकपा समाजवादी तेस्रो छ।
आमाछोदिङ्मोको अध्यक्षमा ९ सय ४३ मत सहित एमाले पहिलो, ९ सय २८ मत सहित कांग्रेस दोस्रो र ३ सय ६२ मत ल्याएर माओवादी तेस्रो भएको छ। उपाध्यक्षमा ८ सय ४५ मत सहित कांग्रेस पहिलो, ६ सय ३३ मत सहित माओवादी दोस्रो र ६ सय २८ मत सहित एमाले तेस्रो स्थानमा छ।
उत्तरगयामा अध्यक्षमा १ हजार ४ सय ५७ मत सहित एमाले पहिलो र १ हजार २ सय ५४ मत सहित कांग्रेस दोस्रो भएको छ। उपाध्यक्षमा १ हजार ५ सय ३५ मत सहित एमाले पहिलो र १ हजार २ सय ५० मत सहित कांग्रेस दोस्रो स्थानमा छ।
नौकुण्डको अध्यक्षमा १ हजार ४ सय ५७ मतका साथ कांग्रेस पहिलो र ९ सय ३५ मतका साथ एमाले दोस्रो छ। उपाध्यक्षमा ८ सय ४३ मत सहित एमाले पहिलो र ६ सय ८१ मत सहित जनता समाजवादी पार्टी तेस्रो स्थानमा छ।
गोसाइँकुण्डको अध्यक्षमा ९ सय ४४ मतका साथ एमाले पहिलो र ९ सय ५ मत सहित कांग्रेस दोस्रो स्थानमा छ। उपाध्यक्षमा ९ सय ७२ मतका साथ एमाले पहिलो र ८ सय ७७ मतका साथ कांग्रेस दोस्रो स्थानमा छ।