सबैला र धनुषाधाममा कांग्रेस, कमलामा माओवादीका वडाध्यक्ष विजयी

सबैला र धनुषाधाममा कांग्रेस, कमलामा माओवादीका वडाध्यक्ष विजयी

ढल्केवर(धनुषा) : धनुषाको सबैला नगरपालिका-१ मा नेपाली कांग्रेसका मिथिला साह विजयी भएका छन्। वडाध्यक्षका उम्मेदवार साह २३७ मतान्तरले विजयी भएका छन्। उनले ५५३ मत प्राप्त गरेका हुन्।

उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका कपिल राउत गरेडीले ३१३ मतप्राप्त गरी पराजित भएका छन्। त्यस्तै नेकपा माओवादी केन्द्रका श्याम किशोर साहले १०९ मत प्राप्त गरेका हुन्।

यसैगरी धनुषाधाम नगरपालिका-१ मा नेपाली कांग्रेसका विश्वनाथ यादव विजयी भएका छन्। यादव ६१८ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका प्रमोद यादवले ३७७ मत ल्याएर पराजित भएका छन्।

यस्तै कमला नगरपालिका-१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। माओवादी केन्द्रका सर्वदेव यादव ९९१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन्।

उनको निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार यादवले ५६५ मत पाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.