स्वास्थ्यमा समस्या देखाउँदै उदयपुरका मुख्यनिर्वाचन अधिकृतद्धारा राजीनामा

स्वास्थ्यमा समस्या देखाउँदै उदयपुरका मुख्यनिर्वाचन अधिकृतद्धारा राजीनामा

उदयपुर : निर्वाचनको मतपरिणाम आईनसक्दै उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन्। स्वास्थ्य समस्याको कारण देखाउँदै खनालले शनिबार निर्वाचन आयोगमा राजीनामा दिएका हुन्।

उनको राजीनामा भने स्विकृत भई नसकेको सहायक निर्वाचन अधिकृत दिलिप मगरले बताए। उनले भने, ‘मुख्यनिर्वाचन अधिकृत ज्यूले राजीनामा पठाउनु भएको छ, स्विकृत भए नभए वा वैकल्पिक व्यवस्था बारेमा आयोगबाट केही जानकारी आएको छैन्।’

मुख्य निर्वाचन अधिकृतले राजीनामा दिँदा त्रियुगा नगरपालिकाको निर्वाचन प्रकृया ठप्प बनेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने स्थानीय तहको निर्वाचन अधिकृतको जिम्वेवारीसमेत उनले सम्हाल्नुपर्ने व्यवस्था रहेको हुँदा त्रियुगाको निर्वाचन सम्बन्धी गतिबिधि बढ्न नसकेको हो। 

बैशाख ३० गने जनप्रेमी आधारभूत विद्यालयमा मतदानका क्रममा विवाद उत्पन्न भएपछि प्रकृया स्थगित भएको थियो। स्थगित प्रकृयालाई पुनः मतदान गर्ने वा झरेको मतलाई सदर गर्ने विषयमा उत्पन्न विवादको न्यायनिरुपण नहुँदा सबै प्रकृया स्थगित छ। 

प्रकृयाका विषयमा दलहरुबीच मतभेद कायम छ। नेकपा एमाले र नेपाली कांग्रेसले झरेको मतलाई सदर गरी गणना गर्नु पर्ने अडान राखेका छन् भने गठबन्धन दलले पुनः मतदान गर्नु पर्ने बताएको छ। एमाले र कांग्रेसको अडानमा नेकपा माओवादी केन्द्रको एक समूहले समर्थन गरेको छ। 

पुनः मतदान गर्दा धाँधली हुन सक्ने, आचारसंहिता विपरित गतिबिधी हुने, आर्थिक चलखेल, भोजभतेर, नेता र कार्यकर्ताबीच तिक्तता हुने भएकाले झरेको मत गणना गर्नु पर्ने स्थानीयकोसमेत माग छ।

यता आयोगले जिल्लामै जाँचबुझ गरी निर्णय गर्न पत्र पठाएको सहायक निर्वाचन अधिकृत मगरले बताए। उनले भने, ‘त्रियुगाको विवाद समाधान गर्न निर्वाचन आयोगले जिल्लामै निर्णय गर्न पत्र पठाएको छ। तर अब मुख्य निर्वाचन अधिकृतको राजीनामाले समस्या भएको छ।’

जिल्लाका आठवटै स्थानीय तहमध्ये ६ वटामा मतगणना जारी छ। त्रियुगा नगरपालिका र कटारी नगरपालिकामा अझै पनि मतगणना हुन सकेको छैन। कटारी नगरपालिका–१० को कालिका माध्यमिक विद्यालय सोरुङको मतदान केन्द्रबाट मतपेटिका कटारी नगरपालिकाको निर्वाचन कार्यालयसम्म आइपुगेको छैन। 

मतदान सम्पन्न भएपछि मतपेटिका सिलबन्दी गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो। गोलीबाट एकको मृत्यु भएपछि स्थानीयको अवरोधले मतपेटिका मतदान केन्द्रबाट कटारीको मतगणना स्थलसम्म आएको छैन।

सहायक निर्वाचन अधिकृत मगरले कटारीको गोली चलेको मतदान केन्द्र सोरुङमा अहिले सर्वदलीय बैठक बसिरहेको र त्यस बैठकको निर्णयपछि मतगणना प्रक्रिया अघि बढ्ने बताए। उनले भने, ‘कटारी नगरपालिकाको मतगणना अब सम्भवतः सुरु हुने जानकारी पाएको छु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.