धरानमा कांग्रेसको अग्रता कायमै, एमाले तेस्रो स्थानमा
धरान : धरान उपमहानगरपालिकाको मतगणनामा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्।
वडा नम्बर १,२ र ३ को एक हजार मत गणना हुँदा गठबन्धनको तर्फबाट कांग्रेसका मेयरका प्रत्यासी किशोर राईले ३ सय ६९ मत प्राप्त गरी अग्रता कायम गरेका हुन्।
मेयरमा स्वतन्त्र उम्मेदवार बनेका सामाजिक अभियन्ता हर्क साम्पाङ राईले २ सय ७५ मत प्राप्त गरेका छन् । एमालेकी मेयर पदकी प्रत्यासी मन्जु भण्डारीले २ सय ३ मत प्राप्त गरी तेस्रो स्थान प्राप्त गरेकी छिन् ।
एमालेका पदम लिम्बूले २ सय २७ मत प्राप्त गरी दोस्रो स्थानमा छ्न् ।