लिम्चुङ्गबुङ्गमा गठबन्धनबाट माओवादी केन्द्रका मेजर विजयी

लिम्चुङ्गबुङ्गमा गठबन्धनबाट माओवादी केन्द्रका मेजर विजयी

उदयपुर : उदयपुरको लिम्चुङ्गबुङ्ग गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मेजरकुमार राई निर्वाचित भएका छन्। 

आईतबार दिउँसो सम्पन्न मतगणना अनुसार राईले एमालेका उम्मेदवार राजकुमार राईलाई ४६२ मतको अन्तरले जित निकालेका हुन्। विजयी राईले २ हजार ५१ र प्रत्यासी राजकुमारले १ हजार ५८९ मत प्राप्त गरेका हुन्।
 

राई यसअघि पनि अध्यक्षमा निर्वाचित भएका थिए। ५ वटा वडा रहेको लिम्चुङ्गबुङ्गमा एक वडा स्वतन्त्र र बाँकी सबैमा गठबन्धनले जित निकालेको छ। वडा नं १ मा माओवादी केन्द्रका जनदिप थापामगर विजयी भएका छन्।
 
त्यसैगरी वडा नं २ मा माओवादी केन्द्रकै जितेन राई, वडा नं ३ मा स्वतन्त्र उमेदवार गुरुमणी कुमाई, वडा नं ४ मा जनता समाजवादी पार्टीका छत्रबहादुर राई र वडानं ५ मा नेपाली कांग्रेसका कविचन्द्र राई विजयी भएका छन्।

४ नगरपालिका र ४ गाउँपालिका गरी ८ स्थानीय तह रहेको उदयपुरमा सबैभन्दा लिम्चुङ्गबुङ्गको मतगणना कार्य सकिएको छ। अन्य ५ वटा स्थानीय तहको मतगणना कार्य धमाधम भईरहेको छ। जिल्लामा त्रियुगा र कटारी नगरपालिकामा अहिलेसम्म मतगणना हुन सकेको छैन्। 

त्रियुगाको वडा नं १२ मा मतदानको दिन विवाद भएपछि स्थगित गरिएको छ भने कटारीको वडा नं १० मा प्रहरीले चलाएको गोली लागि एक युवाको ज्यान गएपछि गणना कार्य स्थगित रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.